काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ ।
संसद सचिवालयका अनुसार आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णयबाट जारी भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेस गर्ने कार्यसूची रहेको छ । सत्तामा सहभागी दल रास्वपाले भने आजको प्रतिनिधिसभाको बैठकमा भाग नलिने बताएको छ ।


