काठमाडौं । नेपाल र यूएई बीचको खेल हेर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली क्रिकेटरलाई हौसला बढाउन कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आईसीसी विश्वकप लिग टुको अन्तिम खेलमा यूएईविरुद्ध उत्रिएको नेपाली टोलीलाई जितको शुभकामना दिएका छन् ।


