काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफ्नो दल पनि प्रदेश सरकारमा सहभागी हुने बताएका छन् ।
अध्यक्ष नेपालले मंगलबार पार्टी निकट प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै पार्टी प्रदेश सरकारहरुमा सहभागि हुने बताएका हुन् ।
उनले आफूहरु संघीय सरकारमा सत्तारुढ गठबन्धनमा रहेको भन्दै प्रदेश सरकारमा पनि छिट्टै सहभागि हुने बताउनु भयो । उनले संघ र प्रदेश सरकार दुवैमा आफुहरुको भूमिका हुने उल्लेख गरे ।
‘


