चौतारा । नेकपा एमाले निकट युवाको संगठन राष्ट्रिय युवा संघ नेपालको ९औं राष्ट्रिय सम्मेलनमा सिन्धुपाल्चोकबाट १० जनाले उम्मेदवारी दिएका छन् ।
नेपालगन्जमा हुँदै गरेको राष्ट्रिय सम्मेलनमा सिन्धुपाल्चोकबाट विभिन्न पदमा १० जनाले उम्मेदवारी दिएका हुन् । यसरी उम्मेदवारी दिनेहरुमा महेश चौलागाईं कार्यालय केन्द्रीय सदस्य, नानिराम तिवारी लेखा आयोग उप–प्रमुख, एलिजा ज्ञवाली विशेष प्रदेशबाट केन्द्रीय सदस्य , विज्ञान खड्का भूगोल, छिरिङ शेर्पा भूगोल , चन्द्र गुरुङ भूगोल, सुजन श्रेष्ठ भूगोल, अभिषेक तिवारी भूगोल मीनबहादुर लामा भूगोल, दुर्गामाया बिक महिला रहेका छन् । सम्मेलन मंगलबार पार्टी अध्यक्ष केपि शर्मा ओलिले उद्घाटन गरेका हुन् ।


