काठमाडौं । नेकपा (एमाले) का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले चितवनमा आसन्न उपनिर्वाचनमा एमालेको जित हुने बताएका छन् ।
उनले शनिबार भरतपुर–१२ मा पार्टीका स्थानीय कार्यकर्ताले गरेको चुनावी घरदैलोमा सहभागी हुँदै नयाँ पार्टीप्रति जनतामा आशाको भ्रम पैदा भएको र त्यो दिनानुदिन हट्दै गएको दाबी गरे ।
‘यो निर्वाचन क्षेत्र एमालेको राम्रो प्रभाव भएको ठाउँ हो, विगत निर्वाचनमा केही भ्रमहरु सिर्जना गरिए । अहिले भ्रमहरु हट्दै गएको पाएँ । एमालेको जित हुनेमा विश्वस्त छु’ कार्यकर्ता माझ भट्टराईले भने ।


