काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा ओमानलाई नेपालले ३११ रनको लक्ष्य दिएको छ ।
शुक्रबार त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनायो ।
नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए ।


