काठमाडौं । तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले आफ्ना प्रतिस्पर्धीभन्दा निकै मतान्तरले अगाडि देखिएका छन् ।
पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले १९ हजार ३४९ मत पाएका छन् ।
यता, दोस्रो स्थानमा लोकतान्त्रिक वाम गठबन्धनका उमेदवार छन् ।
गठबन्धनको सहयोगमा कांग्रेस उमेदवार गोविन्द भट्टराईले ११ हजार २७९ मत पाएका छन् । यहाँ सात हजार ९७० को मतान्तर छ । यस्तै नेकपा एमालेका उमेदवार सर्वेन्द्र खनालले ६ हजार १५१ मत ल्याउँदै तेस्रो स्थानमा छन् ।


