काठमाडौं । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश प्रमुख पृथ्वीमान गुरुङबाट पद तथा गोपनीयताको शपथ लिएका छन् ।
मुख्यमन्त्रीले आफूसँगै माओवादी केन्द्र शुशिला सिंखडा र कांग्रेसबाट सरस्वती अर्याललाई पनि शपथ गराएका छन् । उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ ।
नेता पाण्डे नेपाली कांग्रेससहित, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा मुख्यमन्त्री बिहीबार मुख्यमन्त्री बनेका थिए ।


