काठमाडौं । प्रधानमनत्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच आज बिहान भेटघाट भएको छ ।
प्रतिनिधि सभा सदस्यसमेत रहेका रवि प्रधानमन्त्री भेट्न बिहान साढे ८ बजे बालुवाटार पुगेका थिए।
भेटवार्ताका क्रममा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान अघि बढाएकामा प्रधानमन्त्री प्रचण्डलाई धन्यवाद दिएको लामिछानेको सचिवालय स्रोतले जनाएको छ।
प्रधानमन्त्रीलाई लामिछानेले भने, ‘भ्रष्टाचारका फाइल खोलेकामा तपाईंलाई धन्यवाद।’
स्रोतका अनुसार जवाफमा प्रधानमन्त्रीले भने, ‘अरू पनि धेरैका फाइल खोल्छौँ, तपाईं पनि सरकारमा आउनूस्।’
यसमा सभापति लामिछानेले आफू सरकारमा नभए पनि प्रधानमन्त्रीको कदममा सडकबाटै साथ दिने बताएका थिए।


