काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशलाई थप बिग्रन नदिन सचेत भएर अघि बढ्नु पर्ने बताएका छन् । अध्यक्ष ओलीले आज मदन भण्डारी र जीवराज आश्रित स्मृति दिवसमा यस्तो धारणा ब्यक्त गरेका हुन् ।
“आज जेठ ३ गते, जननेता मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवस । यस पीडादायी दिनमा हामीले जननेता भण्डारी र कुशल संगठक जीवराज आश्रितलाई गुमाएका थियौं,” ओली भन्छन्, “श्रद्धेय मदन–आश्रितप्रति म अत्यन्तै श्रद्धाभावपूर्ण उच्च सम्मान अर्पण गर्दछु ।”
जननेता मदन भण्डारीका विचारका सान्दर्भिकतालाई बुझ्न र समाजमा आदर्शको महत्त्व हुन्छ भन्ने कुरालाई मनन गरेर देशलाई थप विग्रन नदिन सचेत भएर अघि बढ्न आलीले आग्रह गरेका छन् ।


