काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा आज प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन बुझाउने तयारी गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले यो कसुरमा पक्राउ परेका १६ जनाविरुद्ध कुन कुन कसुरमा मुद्दा चलाउने भन्ने रायसहितको प्रतिवेदन आइतबार बुझाउने तयारी भइरहेको बताए।
‘टोलीले आज प्रतिवेदन बुझाउने गरी फायलिङको काम गरिरहेको छ’, एसपी रिजालले भने, ‘आज प्रतिवेदन बुझाउछौँ।’
प्रहरीले ठगी र संगठित अपराधको कसुमा अनुसन्धान गरिरहेको छ। संगठित अपराधमा अनुसन्धान गर्न प्रहरीले ६० दिन म्याद पाउँछ। चैत १२ गतेबाट प्रहरीले आरोपिलाई पक्राउ गरेर अनुसन्धान थालेको हो।
सुरुमा ठगीको कसुरमा मात्रै अनुसन्धान थालेको प्रहरीले पछि संगठित अपराधको कसुरमा अनुसन्धान गर्न भन्दै म्याद थप गरेको थियो। यो प्रकरणमा अहिलेसम्म १६ जना पक्राउ परेका छन्।


