काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले निर्मल निवासबाट महाधिवेशनमा भएको हस्तक्षेपपछि राजतन्त्रप्रतिको विश्वास नै डगमगाएको बताएका छन्।
अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि पहिलो पटक औपचारिक वक्तव्य निकाल्दै थापाले मंगलबार यस्तो भनेका हुन्।
उनले राप्रपाको केन्द्रीय निर्वाचनमा निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाहको नाङ्गो हस्तक्षेप भएको पनि बताएका छन्।
केन्द्रीय नेतृत्वको निर्वाचनमा निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्रको नांगो हस्तक्षेपको म घोर भत्सर्ना र निन्दा गर्दछुु, उनले भनेका छन्, फेरि यो पहिलो घटना होइन। २०७४ सालमा पार्टी फुटाउन र विगत केही समययता तथाकथित भजन मण्डली खडा गरेर पार्टी नेतृत्वको चरित्र हत्या गर्ने र राप्रपाबारे भ्रम सिर्जना गर्ने गराउने कार्य निर्मल निवासबाट बारम्बार हुँदै आएको सर्वविदितै छ।
एउटा खेलाडी भएको नाताले हार वा जीतले मेरो लागि कुनै अर्थ राख्दैनु, उनले भनेका छन्, हारलाई पनि सहर्ष स्वीकार गरेर फेरि अर्को प्रतिस्पर्धाको निम्ति तयार रहने संस्कार मेरो रगतमा रहेको छ।
थापाले वक्तव्यमा दोहोर्याएर निर्मल निवासको अवान्छित र अमर्यादित हस्तक्षेप भएको पनि उल्लेख गरेका छन्।
पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको अवान्छित र अमर्यादित हस्तक्षेपले राजसंस्थासम्बन्धी मेरो र राप्रपाको आधारभूत मान्यतामाथि नै गम्भीर आघात पुगेको छु, उनले भनेका छन्, ुनेपालको भूराजनीतिक अवस्था तथा धार्मिक, सामाजिक र सांस्कृतिक परिवेशमा राष्ट्रियता र एकताको प्रतीकका रूपमा राजनीतिभन्दा माथि उठेको साझा संस्थाका रूपमा राजसंस्था हुनु उपयुक्त हुन्छ भन्ने हाम्रो मान्यता हो र रहि रहने छ।
उनले राजसंस्थालाई अभिभावकका रुपमा स्वीकारे पनि यो महाधिवेशनमा भएको हस्क्षेपले भ्रम टुटेको पनि बताएका छन्।
ु