काठमाडौं । एमालेका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री नेकपा शंकर पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवा अर्ली इलेक्सनमा जान्छन् भन्ने चिन्ताले प्रचण्ड(माधवको निद हराम भएको टिप्पणी गरेका छन् ।
नेकपा एमाले पर्यटन इलाका कमिटीको पाँचौ अधिवेशनलाई सम्बोधन गर्दै पोखरेलले मुलुक चुनावकै बाटोमा जाने बताए । कांग्रेसको सहारा नपाए कतै चुनाव जित्न नसक्ने भएकाले प्रचण्ड(माधव सकेसम्म चुनाव टार्न लागिरहने बताए ।
पोखरेलले भने, ‘प्रचण्ड र माधव नेपाललाई कतै शेरबहादुर देउवाले अर्ली इलेक्सन गर्ने पो हुन् कि भनेर निद हराम भएको छ । उनीहरु सकेसम्म चुनाव नहोस र गठबन्धन सरकार चलिरहोस् भन्ने चाहन्छन् तर एमाले चुनावको सामना गर्न तयार छ ।’
नेता पोखरेलले माधव नेपाल एमालेबाट छुटिएर गएको भन्दा ठूलो शक्ति नेकपा एकतापछि एमालेमै रहेका माओवादीबाट आर्जन भएकाले एमालेलाई कुनै घाटा नहुने बताए ।


