काठमाडौं । सरकारले राष्ट्रिय सभामा रिक्त हुने पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
बुधबार बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो ।
आगामी फागुन २० मा एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिन लागेको छ ।


