काठमाडौं । आज उपराष्ट्रपति पदको निर्वाचन हुँदै छ । निर्वाचन नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा बिहान १० बजेबाट सुरु हुने निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिएको छ ।
उपराष्ट्रपतिमा नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य उम्मेदवार रहेकी छिन् भने सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम छ ।