काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि बस्ने भएको छ । माघ १२ देखि सुरु भएको बैठक सोमबार पनि बस्न लागेको हो । । बैठक पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने तय भएको छ । आजको बैठकमा प्रचण्डले यसअघि पेस गरेको प्रतिवेदनबारे छलफल हुनेछ । यस्तै राष्ट्रपति र उपराष्ट्रपतिको चयनमा पार्टीको नीति, सरकार सञ्चालनसहित समसामयिक विषयमा निर्णय लिने माओवादीको तयारी छ ।


