काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशनको उत्साह छाइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको ट्वीटले एमाले नेताकार्यकर्ताहरु रुष्ट बनेका छन् ।
उनले नेकपा (एमाले) को महाधिवेशनलाई केपी ओलीको कुम्भमेला भन्दै टिप्पणी गरेपछि एमाले नेताकार्यकर्ताले सामाजिक सञ्जालमा आक्रोश पोखेका हुन् ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले सामाजिक संजालमा स्टाटस लेख्दै एमालेको अधिवेशनलाई विचरशुन्य पनि भनेका छन् ।
उनले भनेका छन्, ‘विचारशून्य गैंडाको हातमा राखेर गरिन लागेको खड्गप्रसादको कुम्भमेला नयाँ हिट्लर जन्माउने कर्मकाण्ड नबनोस्, चितवनमा भेला भैरहेका एमालेजनलाई शुभकामना’
नयाँ नेतृत्व चयनका लागि एमाललेको १०औं महाधिवेशन आजबाट चितवनमा शुरु हुँदैछ ।
Baburam Bhattarai@brb1954संवेदनशील र सचेत किसान-मजदूरले बोक्ने झण्डा संवेदनहीनताको प्रतीक (‘गैंडाको छाला जस्तो’ जो भनिन्छ!) र विचारशून्य गैंडाको हातमा राखेर गरिन लागेको खड्गप्रसादको कुम्भमेला नयाॅ हिट्लर जन्माउने कर्मकाण्ड नबनोस्! चितवनमा भेला भैरहेका एमालेजनलाई शुभकामना!