काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शनिबार बिहान ओलीलाई भेट्न प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुगेका थिए । भेटमा एमालेले लामो समयदेखि संसदमा गरिरहेको अवरोध अन्त्य गर्ने विषयमा छलफल भएको छ ।
एमालेले आफूले कारवाही गरेका माधव नेपालसहित १४ संसदको कारवाही रोकेर अवैध रुपमा दल (नेकपा एस) दर्ता गरिएको, माधव नेपालको कारवाही वैध हुनुपर्ने, सांसदको हैसियतमा संसदमा उपस्थित गराउन नहुने र कारवाही रोक्ने सभामुख अग्नि सापकोटाले राजीनामा दिनुपर्ने एमालेको माग राखेर प्रतिपक्षीले लगातार संसद अवरुद्ध गर्दै आएको छ । ।
भेटवार्ताका क्रममा अमेरिकी सहायता परियोजना एमसीसीको बारेमा पनि प्रधानमन्त्री देउवाले एमालेको सहयोग मागेका छन्
एमालेसँग सम्वाद गर्न यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाए पनि माधव नेपाल सहभागी भएका कारण एमाले सहभागी भएन ।
त्यसैगरी समाभुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएको छैन । सहमतिको निरन्तर प्रयास गर्दा पनि एमालेले अवरोध कायमै राखेपछि सत्ता गठबन्धनले सम्वाद गर्ने जिम्मा प्रधानमन्त्री देउवालाई दिएको छ ।