काठमाडौं । काठमाडौं महानगरपालिकाका स्वतन्त्रबाट नवनिर्वाचित मेयर बालेन्द्र साहले काठमाडौं महानगरलाई विश्वकै नमूना सहर बनाउने प्रतिवद्धता ब्यक्त गरेका छन्।
निर्वाचन आयोगले मेयरमा निर्वाचित भएको घोषणा गरेपटि उनले आफूले काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने प्रतिवद्धता जनाएका हुन्।
उनले आफ्नो विजयलाई राम्रा काम गर्नका लागि प्राप्त भएको पहिलो सुरुवातको रुपमा लिएको बताए। ुयो विजयलाई हामीले एउटा सुरुवातको रूपमा लिएका छौं। अबको ५ वर्षमा आफ्ना योजना र एजेन्डालाई पूर्ण रूपमा कार्यान्वयन गर्ने छौं,ु बालेनले भने।