काठमाडौं । कोभिड संक्रमण उच्च भएपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज निर्धारित पत्रकार सम्मेलन स्थगित गरेको छ
एमालेले प्रधानमन्त्री देउवाको देशबासीका नाममा गरेको सम्बोधन तथा पछिल्लो राजनीतिक तथा आर्थिक संकटबारे पार्टीको दृष्टिकोण सार्वजनिक गर्न पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेको थियो ।
पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीलेसमग्र विषयमा पार्टीको धारणा राख्ने बताइएको थियो । तर, पछिल्लो समयमा देखिएको उच्च संक्रमणदर र स्वास्थ्य सुरक्षा मापदण्डलाई ध्यान दिँदै प्रेस वक्तव्यमार्फत अध्यक्ष ओलीले पार्टीको धारणा जनतामा लैजाने एमाले उपमहासचिव प्रदीप ज्ञावलीले बताए ।
सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेकाले त्यसलाई समेत ध्यानमा राखेर पत्रकार सम्मेलन स्थगित गरिएको ज्ञवालीले बताए ।


