काठमाडौं । गण्डकी प्रदेशमा पर्ने जिल्ला मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको अध्यक्ष पदमा एमालेका रिन्जिन नमग्याल गुरुङ ८७६ मत ल्याउँदै विजयी भएका छन् । सहायक निर्वाचन अधिकृत जीतबहादुर राणाका अनुसार यहाँ नेकपा (एमाले)का उमेदवार विजयी भएका हुन् ।
दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार अनजेल गुरुङले ५७७ मत पाए ।
उपाध्यक्षमा पनि एमाले विजयी भएको छ । एमालेकी उमेदवार डिक्की गुरुङले ७४९ मत ल्याएकी छन् । पराजित कांग्रेस उमेदवार घेच अँम्नो गुरुङले ६७७ मत पाइन् ।