काठमाडौं । जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका मनोज कुमार साह सुडी विजयी भएका छन् ।
साह १३४६५ मत ल्याएर विजयी भएका हुन् । उनी घण्टाघर चुनाव चिह्न लिएर निर्वाचन लडेका थिए । यस्तै नेकपा एमालेका शिवशंकर साहले ९५३२ मत प्राप्त गर्न सके भने । लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५३६० मत पाए । जनता समाजवादी पार्टीका लालकिशोर साहले ५१९४ मत प्राप्त गरे । अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले ४२९० मत पाए भने, स्वतन्त्रबाट नै मेयर लडेकी जानकारी राम साहले २०७२ मत पाइन् ।
उपमेयर तर्फ नेपाली कांग्रेसकी किशोरी साहले १५५२५ मत पाएर विजयी भइन् ।
यसअघि नै धनगढी उपमहानगरपालिकाको मेयरमा पनि स्वतन्त्रबाट लडेका उम्मेदवार नै विजयी भएका थिए भने काठमाडौं महानगरमा पनि स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्ने लगभग पक्का जस्तै भएको छ । यसपालिको स्थानीय निर्वाचनमा राजनीतिक दलभन्दा पनि ब्यक्ति हेरेर मत दिएका कारण स्थानीय स्तरमा लोकप्रिय रहेकाहरु विजयी हुन सफल भएका हुन् ।