काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पक्राउ गर्न माग गरिएको निवेदन दर्ता गर्न आदेश दिएको छ। रामेछापका ज्ञानेन्द्रराज आरण, जितेन्द्रकुमार मोक्तान र विजय श्रेष्ठ उनलाई पक्राउ गर्न माग गर्दै निवेदन दिएका थिए ।
सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको शुक्रबारको संयुक्त इजलासले यसअघि दरपीठ गरिएको निवेदन दर्ता गर्न आदेश दिएको हो।
लगायतको निवेदन गत कात्तिक २४ गते सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो।
अध्यक्ष दाहालले २०७६ माघ १ गते खुलामञ्चमा द्वन्द्वकालमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा आफूले लिने बताएका थिए। त्यसैलाई आधार बनाएर आफूले पक्राउ गर्न माग गरिएको आरणले जानकारी दिए।


