काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताबीच भेटवार्ता भएको छ । नेकपाको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलाले खुमलटार पुगेर प्रचण्डसँग भेटवार्ता गरेका हुन्। यस पार्टीमा पनि पछिल्लो समय दुईलाइन देखिएको छ
भेटबारे नेता बास्तोलाले फेसबुकमा लेखेका छन्, ‘नयाँ वर्ष २०७९ को शुभकामनासहित हाम्रा बन्दीहरू रिहाइका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग छलफल। लामो समयदेखि बिरामी रहनुभएकी प्रचण्ड पत्नी सीता दाहालसँगको भेट सुस्वास्थ्यको कामना।’
त्यसो त नेकपा नेताहरूसँगको भेटवार्ताबारे प्रचण्डले पनि सार्वजनिक रुपमा बोलिसकेका छन्।
भेटवार्ताबारे माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘मलाई खुसी लागेको छ, आज बिहान मात्रै पनि मैले नेकपाका केही शीर्ष नेताहरुलाई भेटेको छु। मलाई विश्वास छ उहाँहरु पनि सोच्नुहुन्छ। सिंगै समूह नै एकताबद्ध होस् भन्ने हाम्रो कोशिस छ।’