काठमाडौं । चितवनको भरतपुर महानगरपालिाकको मेयर पदमा सत्ता गठबन्धनकी साझा उम्मेदवार रेनु दाहालविरुद्ध नेपाली कांग्रेसबाट बागी उम्मेदवार रहेका जगन्नाथ पौडेललाई फकाउने
प्रधानमन्त्री देउवाको प्रयास असफल भएको छ।
गठबन्धन उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई प्रधानमन्त्री देउवाले बिहीबार बिहान भेट्न खोजेका थिए। पौडेलले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मात्रै भेटे। रामचन्द्रसँगको भेटवार्तापछि जगन्नाथ पौडेल देउवालाई नभेटी फर्किएका हुन्।
भरतपुरको होटल सिराँगचुलीमा भएको भेटवार्ताका क्रममा वरिष्ठ नेता पौडेलले बागी उम्मेदवार जगन्नाथसँगै प्रस्तावक कृष्णलाल सापकोटा, समर्थक मीना खरेल, पूर्वसांसद भीमबहादुर श्रेष्ठलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए। उनको प्रस्ताव अस्वीकार गरेको जगन्नाथले बताए।