काठमाडौं । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आफ्नो एक मात्र ध्येय नै भरतपुरको विकास भएको बताएकी छिन् ।
भरतपुर महानगरमा दोस्रोपटक निर्वाचित भएपछि भरतपुरको सपना पूरा गर्ने साझा संकल्पमा हातेमालो गर्न सबैमा अपिल गरेकी हुन्।
उनले फेसबुकमा लेखेकी छन्,‘निर्वाचन लोकतन्त्रको मेरुदण्ड हो, संघीय गणतन्त्रको सौन्दर्य हो। तसर्थ, हामीले निर्वाचनलाई स्वच्छ एवं लोकतान्त्रिक प्रतिस्पर्धाका रूपमा लिएका छौँ। निर्वाचनमा प्राप्त शिक्षकहरूबाट सिक्दै लोकतन्त्रलाई थप सुदृढ गर्न, संविधान र अग्रगमनको बाटो पछ्याउन हामी निरन्तर सक्रिय रहनेछौँ।’
उनले जित हारको मनोविज्ञानबाटमाथि उठेर समस्त भरतपुरवासीको साझा जनप्रतिनिधि बन्ने संकल्पमा दृढतापूर्वक उभिने अठोट गरेकी छन्। निर्वाचनका दौरानमा गरेको प्रतिवद्धता आगामी पाँच वर्षभित्र रोडम्याप हुने उल्लेख गरेकी छन्।