काठमाडौं । आज बस्ने तय भएको नेकपा (माओवादी केन्द्र) को यी कमिटी र पदाधिकारी बैठक स्थगित भएको छ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्य व्यस्तताका कारण बैठक स्थगित भएको प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाले जानकारी दिए।
उनका अनुसार बैठक भोलि बस्नेछ। आजको बैठकमा नेताहरूको कार्यविभाजनका विषयमा छलफल हुने बताइएको थियो।
यस्तै, बैठकमा राष्ट्रपति पदको निर्वाचन, गृह मन्त्रालयको नेतृत्वलगायत विषयमा पनि छलफल हुने बताइएको थियो।


