काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी छ ।
पार्टी कार्यालय पेरिसडाँडामा सुरु बैठकमा समसामयिक राजनीतिक विषय, राष्ट्रपति निर्वाचन, राष्ट्रिय स्वतन्त्र पार्टीलाई पुनः गृह मन्त्रालय दिने वा नदिने लगायतका विषयमा छलफल केन्द्रित रहेको बताइएको छ । पार्टीका धेरैजसो नेताहरु गृहमन्त्रालय कुनै पनि हालतमा पुनः राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिन नहुने अडानमा छन् ।
यता राष्ट्रिय स्वतन्त्र पार्टीले पूवै सहमति अनुसार नै गृहमन्त्रालय आफ्नो दलले पाउनुपर्ने नत्र सरकारबाट नै बाहिरिने धम्की दिइसकेको छ ।


