काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाललाई कोरोना संक्रमण पुष्टि भएको छ ।
मंगलबार आएको रिपोर्ट अनुसार उनीमा संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनी आफ्नै निवासमा स्वास्थ्य लाभ लिइरहेको सचिवालयले जनाएको छ
कोरोना संक्रमण देशभर बढेको भन्दै सोमबार मात्रै नेता नेपालले एक अपिल जारी गर्दै पार्टीका बैठक तथा भेलाहरू गर्दा स्वास्थ्य मापदण्ड पूरा गरेर मात्रै गर्न निर्देशन दिएका थिए । यसअघि नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि संक्रमण भइसकेको छ । विभिन्न राजनैतिक दलका नेता तथा कार्यकर्ता कोरोना पोजेटिभ भएर आराम गरिरहेका छन ।