काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवारी नदिने भएको छ।
नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई नेपाली कांग्रेसले समर्थन गर्ने निर्णय गरेको छ। आइतबार बिहान बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
सत्ता साझेदार दलले माओवादी केन्द्रबाट राष्ट्रियसभामा सांसद बनेकी अर्याललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। राष्ट्रपतिमा राष्ट्रिय सहमतिका आधारमा उम्मेदवार बनाउने चर्चा चलिरहेका बेला माओवादीप्रति एमाले सशंकित बनेको छ।


