काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय सम्मेलनको तयारीका बारेमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाएको छ ।
आज बिहान ११ बजे बस्ने माओवादी केन्द्रको स्थायी कमिटी बैठकले ११ १३ पुसमा तय भएको सम्मेलनबारे निर्णय लिनेछ ।
२५ २६ मंसिरमा प्रदेश सम्मेलन आयोजना गर्न लागेको माओवादीले यसअघि वडा र स्थानीय तहका सम्मेलन सम्पन्न गरिसकेको छ । पछिल्लो समय देशमा विकशित घटनाक्रमबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।


