काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकरमार नेपालले राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्नुपर्ने बताएका छन्। उनले सोमबार सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँगको छलफलपछि पत्रकारहरूसँग यस्तो बताएका हुन्।
उनले भने, ‘राष्ट्रिय सहमतिको उम्मेदवार आउनुपर्छ, यसमा सबै पक्षसँग कुराकानी गरेर मिलाउने काममा प्रमुख पहल प्रधानमन्त्रीले गर्नुपर्छ, । ’ राष्ट्रपतिमा धेरैको नाम चर्चामा भएको भन्दै उनले छलफलपछि मात्र टुंगो लाग्ने बताए। राष्ट्रपतिमा माधव नेपालको नाम चर्चामा रहेको भन्ने पत्रकारको जिज्ञासामा उनले भने, ‘चर्चामा हुनु एउटा कुरा हो, अन्तिम टुंगोमा पुग्ने उहाँ (प्रचण्ड)को कुरा हो।’ राष्ट्रपतिको विषयलाई लिएर सत्ता साझेदार दलबीच खटपट सुरु भएको छ । नेकपा एमालेले प्रचण्डसँग सहमति गर्दा नै राष्ट्रपति आफ्नो दललाई दिने समझदारी भएको बताउँदै आएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा सर्वसहमति आवश्यक हुने बताउँदै आएको छ ।


