काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारका विभिन्न प्रकरणहरूलाई सरकारले सत्ताको रक्षा कवचका रूपमा प्रयोग आरोप लगाएका छन् ।
अध्यक्ष लिङ्देनले शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अहिलेको व्यवस्थाको संस्थापकहरू एमाले र कांग्रेस मिलेर कोशी प्रदेशलाई जोगाउनु राम्रो हुने बताएका हुन् । राप्रपा कुनै पक्षमा नलाग्दा प्रदेशसभा नै विघटन हुने खतरा रहेको भन्दै उनले कांग्रेस र एमाले मिल्न नसके राप्रपाले आवश्यक समयमा उचित निर्णय लिने बताए ।
उनले भ्रष्टाचार छानबिनका नाममा उठाइएका विभिन्न प्रकरणहरूलाई सरकारले सत्ताको रक्षा कवचका रूपमा प्रयोग गरेको तर्क गरे । आर्थिक कारणले पनि प्रदेशको औचित्य समाप्त हुँदै गएको भन्दै लिङ्देनले जातीय र धार्मिक द्वन्द्व बढाउने कार्य गर्न नहुने जिकिर गरे ।


