काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले आफूलाई सरकारले गैरकानुनी रुपमा पदबाट बर्खास्त गरेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ ।
न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासले सिलवालले दायर गरेको रिट खारेज गर्ने फैसला सुनाएको हो। सर्वोच्चको यो फैसलासँगै अब टंकलाल घिसिङलाई सदस्यसचिवको काम गर्न बाटो खुलेको छ।
सत्ता समीकरण फेरिएपछि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारले राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ अनुसार ओली सरकारले नियुक्त गरेको निवर्तमान सदस्यसचिव रमेशकुमार सिलवाललाई गत कार्तिक १ गते बर्खास्त गरेको थियो।
त्यसपछि नयाँ खेलकुद विकास ऐन अनुसार प्रक्रियागत तरिकाले २०७८ मंसिर १३ गते मन्त्रिपरिषद्को निर्णयले नेकपा ९माओवादी केन्द्र० नजिक रहेका घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो।
सिलवालले आफू नयाँ खेलकुद विकास ऐन २०७७ अनुरुप खुला प्रतिस्पर्धाबाट राखेप सदस्य सचिव पदमा आएको र वर्तमान सरकारले बिनाकारण नै पदबाट बर्खास्त गरेको भन्दै नयाँ सदस्यसचिवको नियुक्ति रोक्न भन्दै सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए।