बाह्रबिसे – नेपाली कांग्रेसका प्रभावशाली युवा नेता तथा पूर्वमन्त्री मोहन बहादुर बस्नेतले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरेका छन् ।
बाह्रबिसे नगरपालिका ८ खिपिङमा राप्रपा र नेकपा एमाले परित्याग गरी कांग्रेस प्रवेश गर्ने कार्यक्रममा बोल्दै नेता बस्नेतले कम्युनिष्टको सस्तो प्रचारबाजीबाट युवाहरु मुक्त हुनेपर्ने बताए ।
कार्यक्रममा लगभग ३ दर्जनबढी नेताकार्यकर्ताहरुले विभिन्न पार्टी परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । यसरी पार्टी प्रवेश गर्नेहरुमा शम्भु भण्डारी, दीपक भण्डारी, सुवास भण्डारी, शेखर पौडेल, सागर भण्डारी, उमेश पौडेल, दीपक राउत, रामजी मगर, गोकुल पौडेल राजकुमार पौडेल, राजेन्द्र भण्डारी, ईश्वर भण्डारी लगायतका रहेका छन् ।
आफूहरु विगत २ दशकभन्दा धेरै समयदेखि संलग्न रहेको पार्टीले विकास निर्माणको काममा सिन्को समेत नभाचेको बताउदै आफ्नो क्षेत्रमा कांग्रेसले विकास गर्ने आशा रहेको उनले बताए ।
पार्टी प्रवेश कार्यक्रममा महाधिवेशन प्रतिनिधीहरु डाक्टर प्रेमध्वज लामा, युधिर पौडेल, वडा ईकाई सभापती हिरा तामाङ, उपसभापती गेहेन्द्र भण्डारी, लगायतका नेताहरुको उपस्थिती थियो ।