काठमाडौं । सरकारले आज (विहीबार) देखि ५ देखि १२ वर्षसम्मका बालबालिकालाई कोरोना भाइरस (कोभिड–१९) विरुद्धको फाइजर बायोएनटेक खोप
दिन लागेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २७ जिल्लाका बालबालिकालाई १५ असारसम्म पहिलो डोज र साउन २ देखि ८ गतेसम्म दोस्रो डोज खोप दिइने मन्त्रालयले जनाएको छ।
बाँकी ५० जिल्लामा भने भदौ ५ देखि ११ गतेसम्म पहिलो र भदौ २७ देखि असोज १ गतेसम्म दोस्रो डोज खोप दिइने कार्यतालिका छ।