काठमाडौं । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउन सुरु गरेसँगै मध्यपुर थिमि नगरपालिकाले पनि सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।
मध्यपुर थिमि–५ राधेराधेस्थित यातायात कार्यालय स्थापना भएपछि त्यस आसपासको क्षेत्रमा सडक अतिक्रमण गरेर व्यापारिक टहरा बनाइएको भन्दै नगरपालिकाले त्यस्ता संरचना ७ दिनभित्र हटाउन निर्देशन दिएको हो ।
नगरपालिकाले बिहीबार मापदण्डविपरीतका संरचना हटाउन निर्देशन दिएको नगरका नक्सा शाखा प्रमुख ई.सन्तोषकुमार अधिकारीले जानकारी दिए । तोकिएको समयसम्म संरचना नहटाए कानुनबमोजिम कारबाही गरिने उनले बताए ।


