काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा आफ्नो पार्टीले प्रत्यक्षतर्फ एक सय सिट जित्ने दाबी गरेका छन्।
उनले समानुपातिकतर्फ ५० सिट ल्याएर एमालेले एकल बहुमत पुर्याने दाबी गरेका छन्। शुक्रबार गृहजिल्ला झापा आएका अध्यक्ष ओलीले शनिबार दमकमा आयोजित चुनावीसभालाई सम्बोधन यसो भनेका हुन्।
ुप्रत्यक्षमा कमसेकम एक सय पाँच सिट र समानुपातिकतर्फ ५० सिट एमालेले जित्छु, उनले भने। पूर्वप्रधानमन्त्री ओली शनिबार दिनभर झापा क्षेत्र नं. ५ का विभिन्न कार्यक्रममा सहभागी हुँदै अगुवा कार्यकर्तालाई चुनावी गतिविधि बढाउन निर्देशन दिए।
ु


