काठमाडौं । आजबाट सर्वोच्च अदालतमा टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सुनुवाइ हुँदैछ ।
मन्त्रिपरिषद्को कात्तिक २७ गतेको निर्णयबाट सरकारले टिकटक बन्द गरेपछि उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले १०वटा रिट दर्ता गरेका थिए ।
आइतबार छठ पर्वको बिदा परेकाले सबै रिटमा सोमबारका लागि सुनुवाइ तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन् ।
अदालतले सबै रिटमाथि एकसाथ सुनुवाइ हुने बताएको छ ।


