काठमाडौं । आज प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९र०८० को बजेटमाथि सांसदहरुले उठाएका प्रश्नको जबाफ दिने भएका छन् ।
दिउँसो १ बजे प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची संसद सचिवालयले सार्वजनिक गरेको छ।
बैठकमा रक्षा, अर्थ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति तथा उपराष्ट्रपतिको कार्यालयको तर्फबाट बजेटका सन्दर्भमा उठेका विषयमा जवाफ दिने कार्यसूची रहेको छ। सरकारले संसदमा बजेट पेश गरे पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बजेट निर्माणमा अर्थमन्त्रीले आफ्ना मान्छे प्रयोग गरेको भन्दै संसदमा विरोध जनाएको थियो ।


