काठमाडौं । शनिबार उपनिर्वाचन भएको इलाम– २ को मतगणना केही बेरअघिबाट सुरु भएको छ ।
जिल्ला निर्वाचन अधिकारी देवीचरण फूयाँलले इलाम नगरपालिका–२ स्थित गौतम बुद्ध सम्मेलन केन्द्रमा दुई ठाउँमा मतगणना सुरु भएको जानकारी दिए ।
यसपछि चुलाचुली, माङ्सेबुङ, माई, देउमाई गाउँपालिका र इलाम नगरपालिकाको गणना गर्ने तयारी छ । इलामको उपनिर्वाचनमा एक लाख १५ हजार ८ सय ८९ मतदातामध्ये ६९ हजार दुई सय ८७ मत खसेको छ ।


