काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा शुरू भएको छ ।
केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले बैठक सुरु भएको जानकारी दिए । सरकारले आगामी मंसिर ४ गते गर्ने गरी प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन घोषणा गरेपछि एमाले चुनावी तयारीमा जुट्न लागेको हो । आजको बैठकमा मुख्यगरी चुनावी तयारीको बारेमा छलफल हुने बताइएको छ ।
सचिवालय बैठकले सबै कमिटीको बैठकको मिति तोक्ने र चाडै पार्टीका सबै कमिटीको बैठक राख्ने तयारी एमालेले गरेको छ ।


