काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटीको बैठक जारी छ ।
शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकमा गैर–भौगलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनमा सामूहिक छलफल भएको थियो । समुहगत छलफलले दिएको सुझावलाई समेटेर वार्षिक कार्ययोजना बनाउन स्थायी कमिटीको बैठक बसिरहेको छ । वार्षिक कार्ययोजनालाई केन्द्रीय कमिटीमा प्रस्ताव गरिनेछ ।
जसअनुसार गण्डकीबाट पदमा अर्याल, बाग्मतिबाट गोकर्ण बिष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ आफनो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथि सामुहिक छलफल गरेका थिए ।


