काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले एमाले अध्यक्ष ओलीमा देखिएको अहंकारका कारण २०७४ सालको आम चुनावमा तत्कालिन नेकपाले पाएको झण्डै दुई तिहाइ मतको सदुपयोग हुन नसकेको बताएका छन् । ।
अध्यक्ष नेपालले शनिबार हेटौंडामा पार्टीको मकवानपुर जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यष नेपालले भने, `कोहीकोहीको काम के छ भने हामीलाई हेप्ने । हेप्ने ! भनेर भन्छन् तर त्यसरी चिढ्याउने काम हामीलाई आउँदैन । संस्कार राम्रो भएन त्यही भएर बिग्रिएको हो । हाम्रो पार्टी संस्कारयुक्त, गर्व गर्नलायकको, सम्मान गर्ने खालको हुन्छ´, ।
उनले आफू सरकार फेरबदलको चिन्तामा नरहेको भन्दै देश बनाउने पक्षमा मात्रै चासो र चिन्ता रहेको बताए ।


