काठमाडौं । अध्यक्षमा मनोनयन दर्ता गरेका ३ जनाले उम्मेदवारी फिर्ता लिएपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्षमा कृष्णप्रसाद जैशी सर्वसम्मत चयन भएका छन् ।
धनगढीमा भएको प्रदेशको प्रथम अधिवेशनबाट जैशी सर्वसम्मत अध्यक्ष चुनिएका हुन् ।
उपाध्यक्षमा कालीबहादुर शाही, सचिवमा रणबहादुर चन्द, उपसचिव (खुल्ला) मा नरबहादुर बिक र उपसचिव (महिला) मा भागरथी विष्ट चयन भएका छन् ।


