काठमाडौं । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनको प्रचार गर्न इलाम पुगेका नेकपा एमाले अध्यक्ष ओलीले आज चुनावी सभालाई सम्बोधन गर्ने भएका छन् ।
देउमाई नगरपालिका मंगलबारेमा दिउँसो हुने सभालाई अध्यक्ष केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ।
सभालाई ओलीसहित उपाध्यक्ष रामबहादुर थापा बादल, सचिव योगेश भट्टराई र कोुस् प्रदेश इन्चार्ज रघुवीर महासेठलगायतका केन्द्रीय र प्रदेश कमिटीका पदाधिकारीले सम्बोधन गर्ने कार्यक्रम छ।
सभामा सहभागी हुन अध्यक्ष ओलीसहितका शीर्ष नेता इलाम पुगिसेकेका छन्। इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ।


