काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबै पालिकाहरुमा सुविधासम्पन्न खेल मैदान हुनुपर्ने बताएका छन् ।
देउवाले आज ललितपुरको गोदावरी नगरपालिकाको ८औँ स्थापना दिवसको अवसरमा आयोजित गोदावरी मेयर कपको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले पालिकाहरुले खेल मैदान बनाएर खेल क्षेत्रको विकासमा लाग्नुपर्ने बताए। उनले खेलको विकासका लागि प्रदेश र संघ सरकारको सहयोग पनि अपरिहार्य रहेको बताए। उनले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउन खेलकुदको भूमिका महत्वपूर्ण हुने बताए।
‘
देउवाले समुन्नत नेपाल सबैको सपना भएको र समुन्नत नेपालको सपना पूरा गर्न सबै क्रियाशिल हुन जरुरी रहेको बताए।


