काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज (मंगलबार) कर्णाली प्रदेशका दुई चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।
उनीहरुले दिउँसो १२ बजे सुर्खेतको गुर्भाकोट नगरपालिकाको खैरेनी भेरी किनारमा हुने चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ भने अपरान्ह दैलेख जिल्लाको दुल्लुमा वाम– लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
निर्वाचन नजिकिएसँगै सत्ता गठबन्धनका दलहरु संयुक्त चुनावी सभामा केन्द्रित भएका छन् । त्यसमा पनि मुख्यगरी नेपाली कांग्रेस र माओवादी केन्द्रका शीर्ष नेताहरुले चुनावी सभालाई सम्बोधन गर्दै आगामी निर्वाचनमा गठबन्धनलाई जिताउन आग्रह गरिरहेका छन् ।


