काठमाडौं । आइतबार हुन गइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको पर्यवेक्षेण गर्न दक्षिण कोरिया र मालदिभ्सको उच्चस्तरीय टोली काठमाडौं आइपुगेको छ ।
दक्षिण कोरियाका निर्वाचन आयुक्त सोङबेइ काङको नेतृत्वमा तीन सदस्य टोली तथा मालदिभ्सका निर्वाचन आयोगका अध्यक्ष फुवाड थौफिकको नेतृत्वमा दुई सदस्यीय टोली निर्वाचन पर्यवेक्षणका लागि काठमाडौं आएको हो ।
उनीहरुलाई बिहीबार निर्वाचन आयोगकातर्फबाट सहसचिव विश्वप्रसाद अर्याल, उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्याल तथा शाखा अधिकृत दिपेश छाङ्छा र आशिष खत्रीले उनीहरुलाई स्वागत गरेका छन् ।


