काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय देशको अर्थतनन्त्र बिस्तारै सुधारउन्मुख रहेको बताएका छन् ।
अधिकारीले बिहीवार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले आयोजना गरेको तेस्रो एकाउन्टेन्ट सम्मेलनलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन् ।
उनले नेपालको अर्थतन्त्रका धेरै सूचकहरु कारात्मक हुँदै गएकाले आगामी दिनमा थप सुधार हुने दाबी गरे। उनले नेपालको अर्थतन्त्रको वाह्य सूचकमा सुधार, वित्तिय क्षेत्र सवल र महंगी क्रमशः घट्दै गएकाले अर्थतन्त्र लयमा आउने संकेत गरेको बताए।


